देउराली । धनकुटाबाट धरान तर्फ ल्याउँदै गरेको २ सय किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिवार बिहान प्रदेश १–०२–००१ ख ९४८९ नम्बर मिनी ट्रकमा धनकुटाबाट ल्याउँदै गरेको गाँजा धरान उपमहानगरपालिका १३ स्थित शिवधारामा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प धरानको टोलीले नियन्त्रणमा लिएको हो ।
बिहान १ बजे सशस्त्र प्रहरीको चेक पोइन्टमा नियमित चेकजाँचका ६० हजार नगद सहित २ सय २७ किलो गाँजा बरामद गरेको शसस्त्र प्रहरी नायब उपरिक्षक डिएसपी सुरज रिजालले जानकारी दिएका छन् । डिएसपी रिजालका अनुसार गाँजा र नगदसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा पर्नेहरूमा धनकुटाको छथर जोरपाटी गाउँपालिका  ६ का ३४ वर्षिय चन्द्र थापा क्षेत्री र तेह्रथुमको ओख्रे गाउँपालिका  २ का २८ वर्षिय चुडामणि कटुवाल रहेको प्रहरीले जनाएको छ । बरामद गाँजासहित नियन्त्रणमा लिएका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानलाई जिम्मा लगाई त्यहाँ बाट थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । 
 
                     
         
                                        
                                                                                                 
        































