पथरी । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सी.एम. कन्दङ्वा स्मृति कोषद्वारा नेपाली भाषा, साहित्य सङ्गीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई नगदसहित सम्मानित भएका छन् ।

पथरीशनिश्चरे—१ स्थित एभरेस्ट अङ्ग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले बुधबार राष्ट्रिय प्रतिभा सम्मान कार्यक्रमको आयोजना गरी ताम्रापत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाली साहित्यकार प्रा।डा। गोविन्दराज भट्टराईलाई नगद १ लाख १ हजार सहित ‘सी।एम।कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९’ले सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राईको हातबाट सम्मान गरिएको थियो । 

दार्जिलिङ भारतमा जन्मिएर नेपालमा साङ्गीतिक क्षेत्रमा लाग्दै आउनु भएका अनिल फागो लिम्बू ५१ हजार नगदसहित ‘सी।एम।कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९’बाट सम्मानित भएका हुन । त्यसै गरी मोरङको पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित ‘सुशीला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९’द्वारा सम्मानित भएका छन् ।

उनीहरूलाई सी।एम।कन्दङ्वा स्मृति कोष सञ्चालक समितिको अध्यक्ष डा। रामनारायण कन्दङ्वा, उपाध्यक्ष रबिन कन्दङ्वा, संरक्षक दिनेश कन्दङ्वा, पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, समालोचक दधिराज सुवेदी लगायतबाट दोसल्ला, सम्मान पत्र र नगद प्रदान गरिएको थियो । सुशीला।कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई दुई दशक अघिदेखि पत्रकारिता क्षेत्र मार्फत सामाजिक, राजनीतिक विकृति, विसङ्गति विरुद्ध कलम चलाउँदै आएका छन् । 

सम्मानित व्यक्तिहरूलाई बधाई शुभकामना दिँदै समालोचक दधिराज सुबेदीले सी।एम।कन्दङ्वा स्मृति कोषले पूर्वको प्रज्ञा प्रतिष्ठान जतिकै काम गरेको बताए । प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सुमित्रा बाङ्देल चेली, ललितकला प्राज्ञ प्रतिष्ठानको सभा सदस्य सरोजा खड्गी लगायतको उपस्थिति रहेको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, कोषको सल्लाहकार युवराज बास्कोटा लगायतले बधाई शुभकामना दिएका थिए । 

डा. रामनारायण कन्दङ्वाले कार्यक्रमको औचित्य माथि प्रस्ट पार्दै सीएम कन्दङ्वाको व्यक्तित्व, किर्तित्व बारेमा र सम्मानित साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, पत्रकार अर्जुन जम्नेली राई विचार राख्नुको साथै अर्का सम्मानित व्यक्ति अनिल फागोबाट गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा १० भन्दा बढी स्रष्टाबाट रचना वाचन भएको थियो ।