पथरी । इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मि भण्डारीले यस इलाका क्षेत्रका अपराधिक गतिविधि नियन्त्रण गर्न सवै सँग सहकार्य गर्ने भएका छन् । 

इलाका प्रहरी कार्यालय पथरीमा कार्यालय प्रमुख भएर भखरै आएका डिएसपी भण्डारीले कार्यालय सम्हाल्दै पत्रकार भेटघाटको आयोजना गर्दै सो कुरा बताएका हुन । उनले जनताको सुरक्षा गर्ने जिम्मा प्रहरीको भएकोले सवै प्रकारका अपराधिक क्रियाकलाप पथरीमा शुन्य वनाउने र यस्ता कार्यमा सवैले सहयोग गर्नुपर्ने बताए । इप्रका क्षेत्र अन्तरगतका सवै प्रहरी कार्यालयहरु जनताको काममा सधै उपस्थित रहने बताए । 

डिएसपी वेद प्रसाद गौतम धनुसा जिल्ला प्रहरी कार्यालयमा सरुवा भएपछि डिएसपी भण्डारी नेपाल प्रहरी ट्राफिक व्यवस्थापन कार्यालय पतलायाबाट गत सोमबार पथरी आएका थिए । झापाको शिवगन्ज घर भएका डिएसपी १३ बर्ष अघिबाट प्रहरी सेवामा कार्यरत छन् ।