धरान । २८ औँ जनयुद्ध दिवसको अवसरमा धरानको भानुचौकमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) धरान नगर कमिटीको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १ सय ३ युनिट रगत सङ्कलन भएको अध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले जानकारी दिए ।

त्यस्तै कार्र्यक्रममा सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई सम्मानित गरिएको छ । सुनसरीका १४ जना सहिद परिवार तथा बेपत्ता पारिएका परिवारलाई सम्मान पत्रले सम्मानित गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

कार्यक्रममा प्रदेश १ का भौतिक योजनामन्त्री दुर्गाप्रसाद चापागाईं, धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रेवतीरमण राई, जनता समाजवादी पार्टीका अध्यक्ष ताजुव लिम्बू, नेकपा (एमाले) का अध्यक्ष हर्कजङ एभेङलगायतको उपस्थिति रहेको थियो ।

सहिद तथा बेपत्ता परिवारका सदस्यलाई भौतिक योजनामन्त्री चापागाईंले सम्मान पत्र तथा दोसल्ला ओढाएका थिए । २०५२ फागुन १ गतेबाट माओवादीले सशस्त्र जनयुद्ध सुरु भएको दिनलाई स्मरण गर्दै जनयुद्ध दिवस मनाउँदै आएको छ ।