पाँचथर । फाल्गुनन्द गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जयनारायण आदर्श मा.बि.ले हात पारेको छ । फाल्गसनन्द गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि फाल्गुनन्द–६ को जयनारायण आर्दश मा. वि. मेहेलबोटेले उपाधि हात पारेको हो ।

फाल्गुनन्दका १३ विद्यालय मध्ये १० विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा सबैभन्दा बढी १० स्वर्णपदक, ६ रजत पदक र ८ कांस्यपदक सहित प्रतियोगिताको आयोजक समेत रहेको जयनारायण आदर्श मा.वि.ले मेहेलबोटेले उपाधि हात पार्न सफल भएको हो । त्यस्तै ६ स्वर्णपदक, ३ रजतपदक र २ कांस्यपदकका साथ घुर्विसे पञ्चमी मा.वि.ले दोस्रो स्थान सुरक्षित गरेको थियो । जनकल्याण माध्यमिक विद्यालय कोल्बुङले ४ स्वर्णपदक, ३ रजत पदक र ४ कांस्यपदक जितेर प्रतियोगितामा तृतिय स्थान हासिल गरेको छ ।

यसैगरी सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले ५ स्वर्णपदक, ८ रजतपदक र ४ कांस्यपदक प्राप्त गरेको छ । सत्यहाङ्मा मा.वि इम्बूङले ३ स्वर्णपदक ३ रजत पदक र २ कांस्यपदक, ज्योति मा.वि दोबाटेले २ स्वर्णपदक, ३ रजत पदक र १ कांस्यपदक,  सारताप मा.वि सारतापले २ स्वर्ण पदक, १ रजत पदक र २ कांस्यपदक, जलसिंह मा.वि चिम्फुलाले ५ रजत र ७ कांस्यपदक, सिद्धेश्वरी मा.वि चिलिङ्देनले १ कांस्यपदक र सिद्धेश्वरी मा.वि सुर्केनागीले १ रजत पदक जित्न सफल भएका छन् । 

प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले, बिषेस अथिति उपाध्यक्ष ठाकुरसिं नेम्वाङ र प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक लगायतले बिजेता उपबिजेता विद्यालयलाई कप, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता फाल्गुनन्द—६ का वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।