विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ६ कादुपाड घर भएकी २७ वर्षीय धनमाया कार्की शारिर रुपमा अशक्त रहेकी छन् । उनको दुवै खुट्टा चल्दैन । तेही भएर उनलाई हिडडुलमा समस्या हुने गरेको छ ।
सोमबार उनी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय परिसरमा ह्विल चियरमा बस्दा खुसीले गदगद भइन् । उनी मुस्कुराइन् । संगै बसेर आपसमा भलाकुसारी गरिरहेकी कार्की अब ह्विल चियर पाएपछि हिडडुल गर्न सहज हुने भएपछि मुहारमा मुस्कान छायो । उनीसँगै लाइनमा रहेका बुढीगंगा गाउँपालिका – ४ निमुवा ३३ वर्षीय विरेन कुमार मेहता शारिर रुपमा असक्त रहेका छन् । उनको जन्मजात खुट्टा चल्दैन । उनले पनि ह्विल चियर पाए । ह्विल चियर पाउँदा उनी पनि फुरुक्क देखिन्थे ।
ह्विल चियर पाएपछि खुसि भएकी धनमायाले हिडडुल गर्न नसक्ने भएको बेला ह्विल चियरले धेरै ठूलो सहयोग पुग्ने बताइन् । ‘अब त आफै पनि एक ठाउँबाट अर्को ठाउँसम्म ह्विल चियरको साहारामा हिडडुल गर्न सक्नेछु,’ उनले भनिन्, ‘यसअघि ह्विल चियर नहुदा अरुको साहारा चाहिने गरेको थियो । अब आफै हिड्न सक्छु ।’ उनले अपांङ्गता भएका व्यक्तिका लागि प्रभावकारी आयआर्जन गर्न सिप विकासका तालिमको व्यवस्था गनुपर्ने बताइन् । सरकारले आत्मनिर्भर बन्ने सिपमुलक तालिम दिए जिवन जिउने साहारा हुने बताइन् ।
आफुले सिकेका कुरा अरुलाई सिकाउन पाए पनि झनै राम्रो हुने उनले बताइन् । जन्मजात शारिर रुपमा अपाङगता रहेकी धनमायाले सरकारले सिप सिकेका अपांङ्गता भएका व्यक्तिहरुलाई समाजले पत्याउने व्यवस्था गरिदिनुपर्ने बताइन् ।
यस्तै रंगेलीका ४० वर्षीय सुमन मगरले ह्विल चियर पाएपछि धेरै सहज भएको बताए । ‘बोकेर हिड्नुपर्ने अवस्था थियो, अब ह्विल चियरमा राखेर यताउता घुमाउदाँ सहज हुनेछ,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँसम्म जानसक्ने भएका छौं ।’
अपाङगता भएका धनमाया र विरेनले मात्र ह्विल चियर पाएका होइन् । उनीहरुजस्तै अपाङगता भएका सुनसरी र मोरङका ३६ जनाले ह्विल चियर पाउँदा उनीहरुको मुहारमा उत्साह छाएको थियो । यसरी अपाङ्गता भएका व्यक्तिहरुलाई करुणा फाउण्डेसन नेपाल, ह्विलचियर फाउन्डेसन, बाल अपाङग टेवा संस्था, राष्ट्रिय अपाङग महासंघ नेपालको सहयोगमा अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्र्तगत उनीहरुलाई ह्विल चियर बितरण गरिएको करुणा फाउन्डेसन नेपालकी मीना खनालले बताइन् ।