उर्लाबारी । उर्लाबारी खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्था उर्लाबारीले आइतबार दोस्रो शााखा नगरको दुर्गापुरीमा स्थापना गरेको छ ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उक्त शाखा कार्यालयको उद्घाटन गर्दै खानेपानी नगरका सवै वडामा पुर्याउने योजना नगरको रहेको बताउदै नगरले नागरिकका अन्य सेवालाई समेत बिस्तार गरीने  योजना रहेको बताएका छन् ।

संस्थाका अध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपप्रमुख मिना खतिवडा पौडेल, प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारी, वडा नं. ८ र ९ का अध्यक्ष कुलबहादुर कार्की र नरबहादुर मोक्तान लगायतका वक्ताले खानेपानी संस्थाले दुर्गापुरी क्षेत्रमा शाखा कार्यालय स्थापना गर्दा नगरको दक्षिणी भेगका उपभोक्तालाई सहजता हुने बताएका छन् ।

सो कार्यक्रममा सचिव मेघराज श्रीपालीले संचालन तथा कार्य समिति सदस्य मदनबाबु प्रसाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।२०५२ साल स्थापना भएको उक्त संस्थाले नगरमा पहिलो पटक २०५९ सालमा पानी वितरण गरेको थियो ।

हाल सम्म नगरका ५ स्थानमा ओभर हेड् खानेपानी टयाङकी निर्माण गरी ७ हजार बढी घरमा पानी जडान गरी २४ घण्टा पानी वितरण गर्दै आएको कार्यालय प्रमुख राजु बुढाथोकीले बताएका छन । यस संस्थाले मुख्य कार्यालय र मंगलबारे कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।