उर्लाबारी । नेपाल रेडक्रस सोसाईटी उर्लाबारीको सभापतिमा भानु पराजुलीसहित सवै पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न भएको निर्वाचन प्रक्रियामा सभापतिमा पराजुली, उपसभापतिमा भागीरथा अधिकारी, सचिवमा गोपालप्रसाद रिमाल, कोषाध्यक्षमा ऋषीकेश खनाल, उप–सचिवमा पूर्णबहादुर सुनुवार, उप–कोषाध्यक्षमा यमलाल रसाईली तथा सदस्यहरुमा चन्द्रकला खड्का, कमलराज गौतम, घनश्याम भण्डारी र खड्गबहादुर थापा निर्वाचित भएका निर्वाचन अधिकारी चुडामणी नेपालले बताएका छन् ।

यस अघि क्रमशः तेजकुमार रिजाल, हरिनारायण श्रेष्ठ, केशव बहादुर कार्की, जित बहादुर खत्री र मदनबाबु प्रसाईले उर्लाबारी रेडक्रसलाई नेतृत्वमा प्रदान गरेका रेडक्रस पदाधिकारीले बताएका छन् ।