भरौल । नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्र उपशाखाको अध्यक्षमा कालुराम चौधरी निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न अधिवेशनमा चौधरीले प्रत्यासी वेदनिधि घिमिरेलाई १४ मतान्तरले पराजित गरे । उनले सय मत ल्याउँदा घिमिरेले ८६ मत मात्रै ल्याएका थिए । उपसभापतिमा १ सय १४ मत ल्याउँदै शकुन्तला गुरागाईं निर्वाचित भइन् । प्रत्यासी मीनाकुमारी क्षेत्रीले ७३ मत मात्रै ल्याइन् ।
महिला सदस्यतर्फ भीमकुमारी सिग्देलले ७३ मत ल्याउँदा रीता अधिकारीले ९४ मत ल्याई विजयी बनेकी थिइन् । क्रमशः सदस्य पदमा विष्णुबहादुर बस्नेत, सत्रुधन रौनियार, ज्ञानबहादुर राई र गायत्रीप्रसाद पाण्डे विजयी भएको निर्वाचन अधिकृत रविनकुमार घिमिरेले जानकारी दिए ।
यस्तै सचिव पदमा पदमबहादुर माझी, उपसचिवमा भवानी धिमाल, कोषाध्यक्ष दीपक अधिकारी, उपकोषाध्यक्ष तीर्थराज माझी सर्वसम्मत निर्वाचित भएका थिए । उपशाखा महेन्द्रनगरका ३ सय ३० जना आजीवन सदस्यमध्ये २ सय जनाले मत खसालेका थिए ।