भरौल । सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयले ५० वर्ष पुगेको अवसरमा आयोजित स्वर्ण महोत्सवमा ब्लाष्टकर्मीसहित सयजनालाई सम्मानित गरेको छ । 

ब्लाष्टको वराहक्षेत्रमा कार्यरत सन्तोष गुप्ता र प्रदीप चौधरीसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मानित गरेको हो । विद्यालयले स्वर्ण महोत्सवको अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको थियो ।

विद्यालयलाई भौतिक, शैक्षिक, सामाजिकरूपमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका ५७ जनालाई सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेले जानकारी दिए ।

उनका अनुसार ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक १० जनालाई र ६० वर्षभन्दा माथिका ४६ जनालाई सम्मानित गरिएको छ । यस्तै ८ जना अशक्तलाई पनि सम्मानित गरेको छ ।

स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक पर्शुराम आचार्यले विद्यालयलाई सहयोग गर्नेहरूलाई हौसला प्रदान गर्नका लागि सम्मान गरिएको बताए । त्यसक्रममा ब्लाष्टकर्मीसहित ८ जना पत्रकारहरूलाई पनि सम्मानित गरिएको थियो ।