सुनसरी । सुनसरीको कोसी गाउँपालिकामा एक युवाको शव फेला परेको छ ।
कोसी गाउँपालिका–२ स्थित आलुबारीमा बुधबार बिहान स्थानीय १७ वर्षका रञ्जितकुमार यादवको शव भेटिएको सुनसरी प्रहरीले जनाएको हो ।
मङ्गलबार दिउँसोदेखि घरबाहिर रहेका उनको अनुहारमा चोट लागेको अवस्थामा आलुबारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिए ।
पोष्टमार्टमपछि मृत्युको कारण बारे खुल्ने बताउँदै उनले प्रारम्भिक अनुसन्धानले यादवको हत्या भएको हुनसक्ने देखिएको बताए । घटना बारे आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।