विजयपुर । धरान–१७ का एक युवा ८ दिनदेखि बेपत्ता भएका छन् । धरान–१७ स्थित पट्नालीका १९ वर्षीय पुष्कर बराइली विश्वकर्मा बेपत्ता भएका हुन् ।
स्थानीय ज्वालामुखी माविमा कक्षा १० मा अध्ययनरत विश्वकर्मा पुस १२ गते बिहान ६ बजे घरबाट कोचिङ पढ्न भन्दै स्कुलतर्फ हिँडेका थिए । उनी हालसम्म नफर्किएपछि परिवारले पत्रकार सम्मेलन गर्दै खोजी कार्य गरिदिन अपिल गरेका छन् ।
पुष्करकी आमा पुष्पा विश्वकर्माले शारीरिक रूपमा सामान्य समस्या भएका, स्पष्ट बोल्न नसक्ने पुष्कर हालसम्म सम्पर्कमा नआएकाले खोजी गरिदिन अपिल गरेकी हुन् । उनले हातखुट्टा राम्ररी नलागे पनि मानसिक समस्या भने नभएको बताइन् ।
बुबा भीम बराइलीले भने, ‘आफन्तजन, साथीभाइ सबैसँग सोधीखोजी गरिसक्यौँ, कहीँ कतै छ भनेर भन्दैनन् ।’ उनले पुलिसले खोजी गर्दैछौँ भनेको बताए ।