देउराली ।  पाँचथरकाे फिदिम नगरपालिका ८  घुमाउनेटार स्थित एक घरमा आगलागी हुँदा २ जनकाे मृत्यु भएकाे छ । 

स्थानिय ५५ वर्षीय मेख बहादुर गुरुङको घरमा मध्यराति आगलागीमा हुँदा  गुरुङकी  २३ वर्षीया बुहारी आशासिंह थेवे (गुरुङ) र  २२ वर्षीया छाेरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

कार्यालयका अनुसार राति साढे १ बजे रुङको ढुङगा माटोले बनेको ३ तले कच्ची घरमा आगलागी भएकाे थियाे । घर भित्र गुरुङसहित  ७ जना  सुतिरहेकाे अवस्थामा आगलागी हुँदा गुरुङकी छाेरी र बुहारीकाे मृत्यु हुनुका साथै  गुरूङ र उनका छाेरा  बिजेन्द्र घाइते भएका छन् , भने सुतिरहेका अन्य ३ जना भागेर बच्न सफल भएकाे कार्यालयले जनाएकाे छ । स्थानीयसँगै प्रहरी चौकी तमाखेबाट खटेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएपनि आगलागीबाट ५० लाख भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।