भद्रपुर । झापा प्रहरीले ३ जना बेवारिसे बालकहरूको उद्धार गरेको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रहरीले आइतबार दिउँसो ३ जना बालकहरूको उद्धार गरेको जनाएको हो ।
बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ वर्षीय एन्जल लिम्बू, ११ वर्षीय सुशील लिम्बू र १० वर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
उद्धार गरिएका तीनैजना बालकहरूलाई जनप्रतिनिधि र स्थानीय पत्रकारहरूको सहयोगमा इटहरीस्थिते अस्थायी संरक्षण केन्द्रमा पठाइएको डिएसपी पाठकले जानकारी दिए ।