विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–२ विराट टिचिङ हस्पिटलभित्र बन्दै गरेको नयाँ भवन निर्माणमा काम गर्ने एक जना राजमिस्त्रीको करेन्ट लागेर मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा राजमिस्त्री काम गर्ने मोरङको कटहरी गाउँपालिका–५ घर भएका १९ वर्षीय सुमन सरदारको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
काम सकेर हातखुट्टा धुने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । मृतकको सोमबार विराटनगरस्थित कोसी अस्पतालमा पोष्टमार्टम गरी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।