विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्स्पोको सिंगिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ ।
सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू छनोटको काम उद्योग संगठनको हलमा थालिएको छ । एक सय ५० प्रतिश्पर्धीबाट ३० जना प्रतियोगिताका लागि छनोट गरिने इभेन्ट कोअर्डिनेटर करण देवले बताए ।
३० जना मध्येबाट फाइनलमा ५ जना छनौट गरिनेछ । अडिसनबाट छानिएका प्रतियोगि मध्ये प्रथम द्वितिय र तृतीय हुनेलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
प्रदेश १ का लुकेका प्रतिभाहरूलाई प्रस्फुटित गराउन उपयुक्त प्लेटफर्म उपलब्ध गराउने, गायन क्षेत्रका प्रतिभाको खोजी गरी त्यस्ता प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गाउने उद्देश्यले प्रतियोगिता उद्योग संगठन मोरङले आयोजना गरेको हो । आइडलको ग्राण्ड फिनाले एक्स्पोको अन्तिम दिन हुने र निर्णायक गायिका इन्दिरा जोशी विराटनगर आउने जनाइएको छ ।