विराटनगर । मोरङका राजनैतिक दलका नेता, पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले  समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन् ।

दलित महिला केन्द्रले विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरूको राजनैतिक सहभागीता बारे अन्र्तक्रिया कार्यक्रममा दलका नेता र जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

एकिकृत समाजबादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखी दलसम्म महिलाहरुलाई नेतृत्वमा अवसर दिन सकेमात्र समाजबाट लैङिगक असमानता हटेर समानता आउने भएकोले आफु र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे । 

माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको  २०७२ को संबिधानले महिलालाई अधिकार दिए पनि पुरुषबादी चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङिगक समानता आउन नसकेको बताए । 

नेपाली काँग्रेस मोरङका सह–सचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्नसक्ने बताए । उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङिगक समानता ल्याउन महिलाहरूले मात्र आवाज उठाएर नपुग्ने बताए । उनले पुरुषहरूले पनि अग्रसर भएर उनीहरुको हकअधिकारका लागि लडनुपर्नेमा जोड दिए ।

सुन्दरहरैचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईले पनि राजनैतिकदलहरुले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरुको अवसर कुण्ठित भैरहेको बताए । उनले आफुले गर्ने सबै नीतिहरु महिलालाई प्राथमिकता दिएर निर्माण गराएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।  कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता पाए मात्र समाजमा लैङिगक समानता आउने बताए । बजेट र नीति बनाउँदा महिला अधिकारबारे बिशेष ख्याल गरिरहेको र गरिरहने उनले बताए । 

बेलबारी नगरपालिका प्रमुख डिपी राईले महिलाहरुले सक्दिन भनेर हिनभावना राखेर हैन सधै ‘सक्छु ’ भनेर अगाडी बढे नेतृत्वमा सधै सफलहुने विश्वास व्यक्त्त गरे । 

रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट र नीतिहरु निर्माण गर्दा महिलाहरुलाई उपेक्ष ागर्ने चलन कायमै रहेको बताइन् । केरावारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले अवसर पाए महिलाले नेतृत्व गर्न सक्नेसक्छन भन्ने उदाहरण आफु नै भएको प्रस्ट पारिन ।