धनकुटा । वैदेशिक रोजगारी सम्वन्धि क्षेत्रमा काम गरिरहेको सरकारी आयोजना ग्रामिण उद्यम तथा विपे्रषण आयोजना (समृद्धि) र धनकुटा नगरपालिकाले आप्रवासी श्रोत केन्द्रको दिगोपनाको विषयमा सरोकारवालाहरु विच आइतवार छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
छलफल कार्यक्रमलाई सम्वोधन गर्दै ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) का परियोजना प्रमुख सरोज प्रसाद गुरागाँइले वैदेशिक रोजगारीको कमाईले धेरै यूवाले आर्थिक समृद्धि गरेको वताएका छन् । उनले अधिकांश वैदेशिक रोजागारीमा जाने यूवाहरु अज्ञानताको कारण दुःख पाउने गरेको औलाए । जस्ले गर्दा विदेश जाने हरेक व्यक्तिलाई विदेशमा आई पर्ने चुनौती र समश्याको विषयमा सचेतना दिन जरुरी रहेको गुरागाँईले बताए । परियोजना प्रमख गुरागाँईले भने–‘विदेश जानु ठूलो कुरा हैन, उनीहरुलाई उचित सचेतना नदिदा सामाजिक र परिवारिक रुपमा विग्रह र विचलन आउँछ ।’
त्यसैगरी छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक डा.द्धारिका उप्रेतीले वैदेशिक रोजगार वोर्डको कार्यक्षेत्र, कल्याणकारी कोषको व्यवस्थापन र संचालनका वारेमा जानकारी गराए । छलफल कार्यक्रमको सहजीकण गर्दे उनले वैदेशिक रोजगारीको लागि सुरक्षा, सीप तथा क्षमता अभिवृद्धि, सूचना र परामर्श आवश्यक रहेको वताए ।
ग्रामिण उद्यम तथा विपे्रषण आयोजना धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले धनकुटा नगरपालिका भित्र २ हजार, ३ सय, ३६ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क रहेको वताए । जसमध्ये सवै भन्दा वढी धनकुटा नगरपालिका वडा नं.१ मा २ सय ६४ जना र सवै भन्दा कम धनकुटा न.पा.६ मा २१ जना वैदेशिक रोजगारीको शिलशिलामा रहेको वताए ।
धनकुटा नगर भित्रका २५ देखी ३५ वर्ष उमेर समुहका यूवाहरु वैदेशिक रोजगारीमा ५३ प्रतिसतको हारारहारीमा रहेको तथ्याङ्क अधिकारीले उल्लेख गरेका छन् । छलफलमा धनकुटा नगरमा वैदेशिक रोजगारीबाट परेको सकरात्मक प्रभाव,नीतिगत व्यवस्था गरेर संचालन गरिएको मेयर कृषि पर्यटन, यूवा स्वरोजगार र कृषि यान्त्रिकरण कार्यक्रम संचालनमा रहेको आर्थिक विकास अधिकृत अधिकारीले वताए ।
त्यसैगरी आप्रवासन चक्र र स्थानिय तह रोजगारीको अवस्थाका वारेमा समृद्धि आयोजनाका आप्रवासन संयोजक जीवन श्रेष्ठले सहजीकरण गरे । उनले वैदेशिक रोजगारीमाा जानु पूर्वको अवस्था, फर्किएपछि वा पुनःएकिकरण र स्थानिय सरकार संचालन ऐन ०७४ मा भएका वैदेशिक रोजगारी सम्वन्धि कानुनहरुको वारेमा सहजीकरण गरेका थिए ।
छलफलमा आप्रवासी श्रोत केन्द्र धनकुटाकी सूचना अधिकृत मन्जु राईले केन्द्र आ.व.०७०÷०७१ मा स्थापना भए देखि आ.व.०७८÷०७९ सम्मको अवस्थाका वारेमा जानकारी गराएका थिए । उनले धनकुटा जिल्ला भित्र वैदेशिक रोजगारीमा जाने क्रममा घटेका घटनाहरु, कोभिड अघि र पछिको अवस्थाका वारेमा पनि जानकारी गराएका थिए । त्यसैगरी आप्रवासी श्रोत केन्द्र ०७५ पौष २२ गते देखि धनकुटामा स्थापना भएको स्मरण गराउँदै हालसम्म कति मान्छे वैदेशिक रोजगारीमा गए, कति मान्छेले वैदेशिक रोजगारीको क्रममा दुःख पाए भन्ने वारे पनि तथ्याङ्गक सार्वजानिक गरे । यसैक्रममा धनकुटाबाट वैदेशिक रोजगारीमा भएका मध्ये ५३ जनाको मुद्धा दर्ता भएकोमा २७ जनाको मुद्धा सफल भएको र २६ जनाको प्रक्रियामा रहेको सूचना अधिकृत राईले वताए । हालसम्म धनकुटा जिल्लामा वैदेशिक रोजगारीमा गएर मुद्धा परेकाहरुलाई राहात तथा क्षतिप्ुर्ति स्वरुप १ करोड, ६९ लाख, १७ हजार, ७ सय १३ रुपयाँ रकम प्राप्त भएको पनि वताए ।
त्यसैगरी चौविसे गाउँपालिका आप्रवासी श्रोत उप केन्द्रका सूचना सहायक सुरेन्द्र लिम्वुले चौविसे गाउँपालिकाको ८ वटा वडा र साँगुरीगढी गाउँपालिकाको ३ गरि ११ वटा वडामा ०७६ साल वैसाख २ गते देखि काम गरिरहेको जानकारी दिए । लिम्वुले चौविसे उपकेन्द्रमा ४ सय २९ पुरुष, १ सय १२ महिला गरि ५ सय ४१ जनाले सूचना दिएको वताए । त्यसैगरी मुद्धा दर्ता भएको ११ मध्ये ११ वटा सफल भै सकेको छ भने ४ वटा प्रक्रियामा रहेको सूचना सहायक लिम्वुले वताए । उनले चौविसे उपकेन्द्रमा राहात तथा क्षतिपुर्ति स्वरुप १ करोड, ८ लाख, ३ सय ६५ रुपयाँ नगद प्राप्त भएको पनि जानकारी दिए ।
समृद्धि आयोजनाका करिडोर संयोजक लोकेन्द्र रावलले कृषि तथा गह्रै कृषि क्षेत्रमा उद्यम व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले परियोजना प्रदेश नं.१ को ८ जिल्लामा उधोग तथा पर्यटन मन्त्रालयको सहयोगमा संचालन भैरहेको बताए । हालसम्म परियोजनाले हरियो तरकारी, खसी, बोका, माछा, दुध र किसान तहमा सहकारीमा लगानी गरिरहेको रावलले बताए । उनले आज परियोजनाले सिप र पुँजी दिएर शुरु गरेको योजनाहरु भोलिको दिनमा पनि दिगो बनेर जावस भन्ने परियोजनाको मुख्य अपेक्षा रहेको वताए ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा उधोग, श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत रीता खतिवडा, सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष मुना राई, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, महालक्ष्मी नगरपालिकाको उप–प्रमुख मञ्जु कार्की, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा, पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेल लगायतले परियोजना समापन हुन लागेको भनिए पनि आगामी दिनमा निरन्तरता पाउनु पर्नेमा जोड दिएका थिए ।