इनरुवा । पटक पटकको सार्वजनिक सूचना अटेर गरिएपछि इनरुवा नगपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।

३५ दिने र अन्तिम पटकको ३ दिन सूचना जारी गर्दा समेत सडकपेटी खाली नगरिएपछि स्वयं नगर प्रमुख केदार भण्डारी डोजर लिएर सडकमा निस्किएका हुन । नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन । 

व्यापारी र केही स्थानीयको अवरोधका बाबजुत नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ । उसले नगर सफा राख्ने कार्यमा नगरबासीको साथको अपेक्षा गरेको छ । 

यता उद्योग वाणिज्य संघले भने नगरपालिकाले दादागिरी शैली अपनाएको भन्दै मेयरको कार्यको बिरोध जनाएको छ । नगर प्रमुख केदार भण्डारीले भने पटक पटकको सूचना अटेर गरिएपछि बाध्य भएर एक्सनमा उत्रनु परेको प्रतिकृया जनाएका छन ।