संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाका ६ सय ९२ जनालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । हिमालय एजुकेशन सेन्टरको आयोजनामा सञ्चालित प्राथमिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । जिल्लाको दुर्गम क्षेत्र भोटखोलामा स्वास्थ्य सेवाबाट बन्चित भएका नागरिकहरुले सेवा पाएका छन् ।
भोटखोलाका दुई स्वास्थ्य संस्थामा आयोजना शिविरको आयोजना गरिएको हो । वडा नं. ४ गोलामा रहेको सामुदायिक स्वास्थ्य इकाईमा गत मंसिर ११ गतेदेखि र वडा नं. ३ को गुवाछेरा आधारभूत विद्यालय प्रांगणमा गत मंसिर ७ देखि ३÷३ दिनको शिविरको आयोजना गरिएको हिमालय एजुकेशन सेन्टरकी सचिव सूनिता गुरुङले जानकारी दिए । क्वारा अत्तिभो इटली युरोप संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा शरिरको तौल, उचाई र रक्तचापबीचको सन्तुलन परिक्षण परामर्श, मुधुमेह रोग परिक्षण, आँखा, कान, घाँटीसम्बन्धी रोगको परिक्षण तथा परामर्श गरिएको थियो । त्यस्तै हाडजोर्नी, पेटसम्बन्धी रोगको परामर्श, अल्ट्रासाउण्डसम्बन्धी शिविर भएको हो ।