बेलबारी ।  बैँकहरुले हाल निर्धारण गरेको उच्च ब्याजदर विषयमा बेलबारीमा ब्यवसायी, बैंक पदाधिकारी र नगरपालिका विच अन्तर्कृया  भएको छ। 

बेलबारी उद्योग वाणिज्य संघको पहलमा बेलबारी नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा व्यवसायीहरुले बैंक पदाधिकारी संग चर्को ब्याजदरको कारणले ब्यवसाय दिनदिनै धरासयी बन्दै गएको भन्दै गुनासो गरेका थिए । बेलबारीका ब्यवसायीहरुले उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नितिहरु बिरुद्ध यसअघि पनि बिरोध जुलुस निकालेर बिरोध गरेका थिए । 

  ब्यापार ब्यबसाय चौपट भएको समयमा बैँकहरुले ब्याज बृद्धि गर्दा ब्यबसायीहरु थला परेको र उठ्नै नसक्ने गरि बोझ थपिएको बेलबारी उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज थापाले बताए । बैँकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिन र ब्यबसायीहरुलाई सहज किसिमले ब्यबसाय गर्ने बाताबरण मिलाउन समेत उपाध्यक्ष थापाले आग्रह गरे ।

उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले ुयो समस्या स्थानीय स्तरको मात्र नभएर देशकै समस्या रहेकोले, यहाँ उठेका व्यवसायीका गुनासा तत्काल सहज गर्ने सरकार समक्ष पहल गर्नेझ बताए ।

बैंकका प्रतिनिधिहरुले पनि बैंकको उच्च ब्याजदर विषयमा बैंक पनि चिन्तित रहेको र यस विषयमा राज्यको ठोस निर्णय आवश्यक रहेको बताएका थिएक । उक्त कार्यक्रम बेलबारी स्थित नगरपालिकाको हलमा भएको थियो ।