विजयपुर । लियो क्लब र राउन्ड टेबल विजयपुरको संयुक्त आयोजनामा अन्तरविद्यालय दौड हुने भएको छ ।

बुधबार क्लब र राउन्ड टेबलले पत्रकार सम्मेलन गर्दै मङ्सिर १७ गते दौड हुने जानकारी दिएको हो । कक्षा ८ देखि १० सम्म र कक्षा ११ र १२ का विद्यार्थी दौड प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

५ किलोमिटर दौड हुनेछ । दौड भानुचोक, पुतलीलाइन, रत्नचोक, छाताचोक हुँदै भानुचोकमा आएर समाप्त हुनेछ । राउन्ड टेबलका अध्यक्ष अग्रिम खेतानका अनुसार धरानका ७६ वटा माध्यमिक विद्यालयका ६ सय ५० भन्दा बढी विद्यार्थी सहभागी हुनेछन् ।

दौड छात्रा र छात्रहरूको फरक–फरक प्रतिस्पर्धा हुनेछ । दौडमा विजेताले नगद ७ हजार, दोस्रोले ५ हजार र तृतीय हुनेले ३ हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।