पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पूर्व मन्त्री बसन्तकुमार नेम्वाङ चौथो पटक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई ४६ मतको झिनो अन्तरले हराउदै नेम्वाङ चौथो पटक निर्वाचित भएका हुन । नेम्वाङ २०४८, २०५६ र २०७४ मा बिजय हुदै सांसद भएका थिए । भने केपी शर्मा ओलीको पालामा भौतिक पूर्वाधार मन्त्री समेत भएका थिए ।
नेम्वाङलाई बिगतको निर्वाचनमा जित निकाल्न सहज थियो । तर यस पटक लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेद्धारलाई एक्लै हराएर जित निकाल्न निकै कठिन थियो । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत गणना हुदा उनले कांग्रेसका आङदेम्बेलाई ४७ मतको अन्तरले हराउदै बिजयी भए । तर आधिकारीक घोषणा भएन । प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक मतपेटिकामा फेला परेपछि पुनः निर्वाचन आयोगले कसैलाई पनि निर्वाचित भएको घोषणा गरेको थिएन ।
समानुपातिकतर्फका मत गणना सकेपछि मंगलबार बेलुका मात्रै एमालेका बसन्तकुमार नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भएको प्रमाणपत्र दियो । चार दिनअघि प्रत्यक्षतर्फको मतपेटिकाका मत गणना गर्दा नेम्वाङ नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका उम्मेदवार भीष्मराज आङदेम्बे भन्दा ४७ मतान्तरले अघि थिए । तर समानुपातिक मतपेटिकामा पनि भेटिएका मतहरू गणना गर्दा नेम्वाङ ४६ मतान्तरले विजयी भएका हुन् । नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याउदा आङदेम्बेले ३२ हजार ८९ मतमात्रै ल्याएका थिए ।
यस अघि नै पाँचथर प्रदेश सभा क मा एकिकृत समाजवादीका उमेद्धवार कमलप्रसाद जबेगु र ख क्षेत्रमा माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बो निर्वाचित भइसकेका छन ।