धरान । मोरङको विराटनगरमा ‘सामुदायिक सुरक्षा जालो र महिलावादी आन्दोलनको सुदृढीकरण’ सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

टेवा धापाखेल काठमाडौँको आयोजनामा पाँचौं प्रदेशस्तरीय गोष्ठी आइतबार सम्पन्न भएको हो । युएव वुमनको सहयोगमा भएको कार्यशालामा दिगो विकासको अवधारणा र आर्थिक सामाजिक वातावरणीय हिसाबले सन्तुलित विकास सामुदायिक सुरक्षा जालोको दिगोपनाबारे चर्चा गरिएको थियो ।

स्थानीय तहसँगको सञ्चार तथा समन्वय महिलाको क्षमता अभिवृद्धि खाद्यान्नमा आत्मनिर्भरताका सम्बन्धमा टेवाकी संस्थापक सल्लाहकार रीता थापाले प्रष्ट पारेकी थिइन् । सामुदायिक सुरक्षाको दिगो विकास नेपालको संविधान र ऐनमा सूचनाको हकका सम्बन्धमा टेवाकी सल्लाहकार सरु जोशीले जानकारी दिइन् ।

कार्यक्रममा धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, गृहश्रमिक महिला ढाका लघुउद्यमी समाज नेपालकी अध्यक्ष तथा सामुदायिक सुरक्षा जालोकी संयोजक प्रेमकुमारी राईलगायतको उपस्थिति रहेको थियो ।