बेलबारी । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट  ४३० मतान्तरले प्रतिनिधि सभाको सदस्यमा विजयी भएका छन् ।

लिम्बूले नेकपा एमालेका उमेदवार निवर्तमान सांसद घनश्याम खतिवडालाई हराउँदै प्रतिनिधि सभाको  सदस्य निर्वाचित भएका हुन् ।

लिम्बूले  २७ हजार २९७   मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार खतिवडाले २६ हजार ८६७  मत प्राप्त गरे । दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालीन मोरङ ९ बाट घनश्याम खतिवडालाई हराएर संविधानसभा छिरेका थिए भने घनस्याम खतिवडा २०७४ को आम निर्वाचनमा लिम्बूलाई हराएर सिंहदरबार छिरेका थिए ।

संविधानसभा र प्रतिनिधि सभा गरी तेस्रोपटक आमन्ने सामने भएका लिम्बू र खतिवडा दुबैजना उत्तरी मोरङको लेटाङ निवासी हुन् । मतगणना सुरु भए देखि एमाले उमेदवार खतिवडाले अग्रता कायम राखे पनि अन्तिम दिन आज बिहानदेखि लिम्बू झिनो मतले अघि लागेका थिए ।