धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा नं.८ मालवाँसेमा धनकुटा आउँदै गरेको बोलेरो पिकप विहिवार अपरान्ह २ बजे दुर्घटना भएको छ ।
प्रदेश १–०२–००२ च ४१८३ नम्वरको पिकप बोलेरो पाख्रीवास नगरपालिका वडा नं.८ मालवाँसेमा दुर्घटना भएको हो । बोलेरो धनकुटाबाट पाख्रीवासको मालवाँसेमा आफन्तको सुध्याई कार्यमा पुगेर फर्कने क्रममा दुर्घटना भएको संजय सन्तोषी राईले बताए ।
बोलेरोमा ३ महिला सहित ५ जना सवार थिए । चालक धनकुमार राईको दाहिने हातको एउटा औला भाँचिएको र हातको पन्जा पछाडीको छाला तासिएको छ । चालक धन कुमारको दाहिने हातमा गम्भिर चोट लागेको छ । धनकुटा नगरपालिका वडा नं.२ भिरगाउँ घर भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचार गरि घर फर्किएका छन् ।