सुनसरी क्षेत्र नम्बर १ काे प्रदेशसभा १ बाट नेकपा एमालेका रमेशकुमार बस्नेत विजयी भएका छन् । 

बस्नेतले लाेकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका उमेश थापालाई १ हजार ३५० मतान्तरले हराउँदै  विजयी भएका हुन् । प्रदेशसभा १ मा खसेकाे कुल ३९ हजार ७२६ मत मध्ये  ३७ हजार ९४२ मत सदरमतबाट ११ हजार १०२ मत प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिस्पर्धी  थापाले ९ हजार ७५२ मत प्राप्त गरेका छन् । त्यस्तै   राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै)ले ८ हजार ३६३ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार समिर तामाङले ४ हजार ४६३ मत पाएका छन् ।

त्यस्तै, सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (२) मा सार्वजनिक भएकाे प्रारम्भिक मत गणनाकाे नतिजा अनुसार  एमालेका उम्मेद्वार विजयकुमार राईले शुरुवाती अग्रता लिएका छन् ।

 निर्वाचन अधिकृतको कार्यालय धरानले सार्वजनिक गरेकाे ५२५ मत गणनाकाे प्रारम्भिक मत गणनाकाे नतिजा अनुसार राईले १५३ मत प्रप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अनिश ढकालले ८६ मत ल्याएर पछ्याइरहेका छन् । तेस्राे स्थानमा स्वतन्त्र उम्मेद्वार हेमचन्द्र राई (लालटिन)ले ७९, चाैथाे स्थानमा क्यालकुलेटर चुनाव चिह्न भएका स्वतन्त्र रोहित सुब्बाले ६२, पाचाैँ स्थानमा नेकपा एकीकृत समाजवादीका रेवतीरमण राईले ५९ मत प्राप्त गरेका छन् ।