नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने भएका छन् । उनि गुल्मी १ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाे हाे । 

कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरेका छन् । आज दिउँसो १ बजे सकिएको मतगणनापछि छन् । 

पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मनुभएका उनले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेका भण्डारी सङ्घकै महामन्त्री भएका थिए। 

त्रिभुवन विश्वविद्यालयबाट उनले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गरेका हुन् । राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्षभन्दाबढी जेल जीवन बिताएका छन् । यसअघि उनि २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएाक थिए। कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार थिए ।