प्रतिनिधिसभामा सुनसरी क्षेत्र नम्बर १ मा  राष्ट्रिय स्वतन्त्र पार्टीकी  गोमा तामाङ (सरिन) अग्रता कायम राखेकी छन् । २७ हजार ९७८ मत गणना सकिदा सरिनले ५ हजार ४५४ मत पाएका छन्  । उनका निकटतम प्रतिस्पर्धी एमाले जसपाका उमेदवार अशोककुमार राई ६९५ मतले पछि पारेका छन् । राई मत ४ हजार ४ हजार ७५९ मतका साथ दाेस्राे स्थानमा रहेको छ । 

त्यस्तै तेस्राे स्थानमा रहेका  लाेकतान्त्रिक बाम गठबन्धनका उमेदवार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङबो (मुकेश)ले ४ हजार ६०४ मत पाएका छन् । भने एमालेबाट विद्राेह गरेर  स्वतन्त्र उमेदवारी दिएका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले ३ हजार ८९३ मतमा साथ चाैँथाे स्थामा रहेका छन् । 

सुरूवातीचरमा अग्रस्थानमा रहेका राप्रपाका अशोक राई (अविरल)ले ३ हजार ९६ मतका साथ पाँचाैँ स्थानमा, स्वतन्त्र उमेदवार मातृकाप्रसाद भट्टराई १ हजार ४१८ मत का साथ छैटाैँ स्थानमा र तर्कबहादुर मगर १ हजार ३१६ मत र   कुमार कार्की  ५१५ मतका साथ क्रमशः साताैँ र आठौँ स्थानमा रहेका छन् ।