सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा एमालेका उमेदवार रमेश बस्नेतले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग  मतान्तर बढाउँदै अग्रता लिएका छन् । 

प्रदेशसभा १ को २८०८१ मत गणना हुँदा बस्नेतले  ८०८२ मत प्राप्त गरेका छन् । उनलाई बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका उमेश थापाले ११०५ मतान्तरले पछ्याइरहेका छन् । 

थापाले ६९७७ मत पाएर दोस्रो स्थानमा छन् भने मत गणनाको  सुरुवाती चरणमा अग्रस्थानमा रहेका  राप्रपाका उमेदवार उद्धव श्रेष्ठ (मकै) ६३९० मतमा साथ तेस्रो स्थानमा रहेका छन् ।