सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा सुरुवाती चरणमा राप्रपाले अग्रता लिएकोमा धरान उपमहानगरपालिकाको ३ वटा बडाकोको गणना सकिदा रास्वपाले अग्रता लिएको थियो । 

तीन वटा बडाको गणना सकिएसँगै  बजार क्षेत्र भन्दा बाहिरका वडाहरूको गणना सुरु भएपछि नेकपा माओवादी केन्द्रका उमेदवार मुक्साहाङ मेन्याङ्वो (मुकेश) ले अग्रता लिएका छन् ।  

पछिल्लो ६४३६ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार  मुकेशले १२२२ मत प्राप्त गरेका छन् , उनलाई पछ्याउँदै  एमाले र जसपाको तालमेल गरी साझा उमेदवार बनेका अशोककुमार राई  ११२२ मत प्राप्त गरेका छन् ।  तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका  मनोज कुमार मेन्याङ्बोले १०९१ मत प्राप्त गरेका छन् भने  राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङले १०९० र राप्रपाका अशोक राई (अविरल)ले १००४ मत प्राप्त गरेका छन् । 

अहिले धरान ४ र ५ काे मतगणना भइरहेकाे छ ।