सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा तर्फ ५०३३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङले अग्रता लिएकी छिन्  । धरान उपमहानगरपालिकाको वडा १, २ र ३ को मतगणना सकिदा उनले राप्रपाका अशोक राई (अविरल) लाई २२ मतले पछि पर्दै ९७३ मत प्राप्त गरेकी छन् । 

त्यस्तै, स्वतन्त्र उमेदवार पूर्व नगर प्रमुख   मनोजकुमार मेन्याङ्वो ले ९१० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । एमाले र जसपाको तालमेल गरी साझा उमेदवार बनेका अशोक कुमार राई ७८५ मत प्राप्त गर्दै चौंथो र लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका मुक्साहाङ मान्याङ्वो (मुकेश)  ७४६ मत प्राप्त गर्दै पाँचौ स्थानमा रहेका छन् ।  प्रतिनिधि सभाको गणना भएको मत मध्ये २५६ मत बदर भएको छ । 

प्रदेश सभा क  तर्फ ७५१६ मत गणना भइसक्दा  बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार  नेपाली काँग्रेसका उमेश थापाले २१९५ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै राप्रपाका उद्धव श्रेष्ठले २१८१ प्राप्त गरेका छन् । त्यस्तै एमालेका रमेश कुमार बस्नेतले १९७९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन्  ।