पथरीशनिश्चरे। मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा समानुपातिक मततर्फबाट सोमबार अपरान्ह २ बजेबाट गणना सुरु  भएको छ ।

बेलबारीस्थित भगवती माध्यामिक विद्यालयमा समानुपातिकतर्फ संघको १ ठाँउ र प्रदेश क र ख को १र१ ठाँउ गरि जम्मा ३ ठाँउ मतगणना सुरू गरिएको क्षेत्रका निर्वाचन अधिकृत रामहरि काफ्लेले जनाए । 

पथरीशनिश्चरे ९ को एक मतदान केन्द्रमा भुलबस संघको मत समानुपातिकको बक्समा परेका कारण त्यसलाई छान्ने सहजताका लागि सर्वदलीय सहमती अनुरूप पहिले समानुपातिकको गणना थालिएको उल्लेख छ ।

सो क्षेत्रमा, पथरीशनिश्चरेका ८, कानेपोखरीका ४, बेलबारीका ८ र सुन्दरहरैचाका ६ गरी २६ वडाका ५५ मतदानस्थलका १ सय ६७ केन्द्रबाट ९७ हजार ४ सय ६८ जनाले मतदान गरेका छ्न ।

सो क्षेत्रमा कुल १ लाख ४९ हजार ८ सय ३३ मतदातामध्ये ६५ दशमलव ५ प्रतिशतले मतदान गरेका हुन । सो क्षेत्रमा एमालेका पूर्वमन्त्री भानुभक्त ढकाल, काङ्ग्रेसका सुनिल शर्मा, राप्रपाकोतर्फबाट चर्चित नायिका रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।