पथरीशनिश्चरे रमोरङको पथरीशनिश्चरे–३ को जनता माविको ‘क’ मतदान केन्द्रमा रहेकी एक कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि उनलाई निस्कासित गरिएको छ । 

आज विहान विवादपछि मत माग्ने कर्मचारीलाई मतदान केन्द्रबाट निष्कासित गरिएको इलाका प्रहरी कार्यालय पथरी प्रमुख डीएसपी बेद्प्रसाद गौतमले जनाए । मतदान गर्न ‘क’ केन्द्र पुगेकी कमला दाहाललाई सुकुनाकि शिक्षिका भइ त्यहाँ कर्मचारीका रूपमा खटिएकि बिनिता दहालले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षमा भोट हाल्न आग्रह गरेकी थिइन् । 

सो पछि दाहालले कर्मचारीले आफनो मतको अधिकारमाथी हस्तक्षेप गरि निर्वाचन आचारसंहिता उल्लंघन भएको बताएपछि वडा अध्यक्ष बिजय लिम्बु र राजनैतिक दलका प्रतिनिधिको आग्रहमा ती कर्मचारीलाई मतदान केन्द्र बाहिर निकालिएको उल्लेख छ ।अन्य मतदान केन्द्रमा भने हालसम्म त्यसखाले बिबाद नभएको निर्वाचन कार्यालयले जनाएको छ ।