विराटनगर ।  विराटनगर – ३ पुष्पमार्गमा शनिबार  बिहानै भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘निर्वाचन अवज्ञा गरौँ’ भन्ने लेखेर पुष्पमार्गमा मबिल बट्टा राखिएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले  विराटनगरमा भेटिएको सो शंकास्पद वस्तु नियन्त्रणमा लिई सेनाको टोलीले निष्क्रिय पारिएको बताए ।

‘‘बिहान करिब पौने सात बजे शंकास्पद वस्तु भेटिएको खबर आयो । त्यसपछि प्रहरी र नेपाली सेनाको टोली गएर सो वस्तु नियन्त्रणमा लिएर निष्क्रिय पारिएको छ,’ उनले भने, ‘बट्टाको बाहिरबाट ‘निर्वाचन अवज्ञा गरौँ’ भनेर लेखिएको थियो । तर, बम भनिएको वस्तु सक्कली होइन, नक्कली रहेछ ।’

उक्त शंकास्पद कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

316099505_5693766370677998_4628260508976443664_n

315990371_680968453646503_2232310939565608215_n

316178864_832018371356432_8705370246644874944_n

315503859_525337302799755_7320037749569999729_n

315954704_1552079001917951_8116318781743312927_n