पूर्व क्षितिज प्रकाशन प्रालीका संस्थापक कार्की परिवारलाई पितृ शोक परेको छ । लामो समय देखी अस्वस्थ रहेका कार्की परिवारका ८३ वर्षीय पिता गोपाल कार्कीको बुधवार बिहान ११ बजे निधन भएको हो ।
उच्च रक्तचाप, मधुमेहलगायतका रोगबाट ग्रसित कार्की लामो समय देखी बोल्न तथा हिनडुल गर्न नसक्ने अवस्थामा रहेका थिए । कार्कीका ४ भाइ छोरा र ५ बहिनी छोरी रहेका छन् ।
उनका जेठा छोरा राजकुमार यस संस्थाका संस्थापक तथा प्रधान सम्पादक हुन् भने माइला छोरा किशोरकुमार निर्देशक/ सम्पादक हुन् । उनका साइला छोरा प्रविनकुमार मुद्रक प्रमुख तथा कान्छा छोरा दिपेन्द्र प्रमुख सञ्चालक अधिकृत रहेका छन्।
उनको हिन्दु परम्परा अनुसार आजै अपराह्न ३ बजे चतरामा अत्यष्ठि गरिने परिवार स्रोतले जनाएको छ ।