ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुमा शनिबार बिहान टेम्पो पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि काठमाडौं जाने जहाज चढ्न सुकेटार विमानस्थलतर्फ जाँदै गरेका पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ  र उनलाई पुर्याउन हिँडेका फुङ्लिङ नगरपालिका–८ दोखुका ११ वर्षीय इशान गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने बाजे र नाति हुन् । दुर्घटनामा नाङ्खोल्याङमै घर भएका टेम्पो चालक गङ्गाराम राई गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।