भोजपुरको हतुवागढी गाउँपालिका ५ स्थितमा आगोलागि हुँदा ५ बर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी ५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई हुँदा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो ।

आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशाराई र ५ बर्षीय छोरा जली घाईते भएकोमा स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार पश्चात दुबैलाई थप उपचारको लागि घोपा धरान लैजादै गर्दा आयुष राईको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उक्त आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण गरिएको कार्यालयले जनाएकाे छ ।