धरान । धरान उपमहानगरपालिकाले आज (मङ्गलबार) कात्तिके पूर्णिमाको अवसरमा नगरभरि बिदा दिएको छ ।
कात्तिके पूर्णिमा अर्थात् वराहक्षेत्र मेलाको अवसरमा नगरले सार्वजनिक बिदा दिएको हो । हरेक वर्ष झैँ यस वर्ष पनि नगरले बिदा दिएको उल्लेख गरेको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै यसदिन विद्यालय, क्याम्पस, वडा कार्यालय, नगरपालिका सबैमा बिदा दिइएको उल्लेख गरिएको छ । अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द रहने जनाइएको छ ।