विराटनगर । चाडपर्वलाई लक्षित गरि मोरङको ६  स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कमा आइतबार विहान एक कार्यक्रम आयोजना गरी यात्रु सहायता कक्षको उद्घाटन गरि संचालनमा ल्याएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बसपार्कमा बनाएको यात्रु सहायता कक्षको उद्घाटन जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले गरे । 

कार्यक्रममा बोल्दै उनले चाडपर्वलाई लक्षित गरि जिल्लामा यात्रु सहायता कक्ष संचालनमा ल्याएको जानकारी गराए । ‘यात्रुहरूलाई सहजता प्रदान गरिन हामीले मोरङको ६ ठाउँमा एक साथ यात्रु सहायता कक्ष संचालनमा ल्याएका छौं,’ डिएसपी श्रेष्ठले भने, ‘ यात्रु सहता कक्षमा प्रहरी रहन्छ । यात्रुलाई परेको समस्याहरू बुझेर समस्याको सावधान गर्नेतिर लाग्नेछन् ।’ 

ट्राफिक प्रहरीले सडक सुशासनको हिसाबले काम गरेको जानकारी दिद उनले ट्राफिक व्यवस्थापनमा प्रहरी अग्रभावमा रहेर काम गर्दै आएको बताए । ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनिकरणको लागि एकल प्रयासले मात्र सम्झव नहुने भएकोले सबै जिम्मेवार भएर अगाडी बढानुपर्नेमा उनले जोड दिए । 

मोरङको बसपार्कसहित, गछिया, बेलबारी, उर्लाबारी, रंगेली, केराबारीलगायतको क्षेत्रमा यात्रु सहायक्ष कक्ष स्थापना गरि संचालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । दसैँ, तिहार र छठ पर्वलाई लाई लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिने ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताए ।

‘विजय«ादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिने भएको हो,’ उनले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गरिनेछ ।’ यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म दुईजना प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए । उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् । कोभिड १९ बाट बच्न स्वास्थ्य मापदण्डको पालना गराउदै सामाजिक दुरी कायम पनि गरिने उनले बताए ।

 कार्यक्रममा विराटनगर महानगरपालिका ११ नं. का वडाअध्यक्ष तिथेन्द्र न्यौपाने, राष्ट्रिय यातायात महासंघका केन्द्रीय सदस्य एवम सुनौलो पुर्व नेपाल सेवा प्रालिका अध्यक्ष राजन कडेल, बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठ, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी  दिपेन्द्र पंजियारलगायलते बोलेका थिए ।