धरान । ब्रिटिस गोर्खा सैनिकमा कार्यरत सुरेशकुमार परियारले आफ्नी दिवङ्गत आमा इन्द्रमाया परियारको सम्झनामा धरान–१२ स्थित अपाङ्ग पुनस्र्थापना केन्द्रका आश्रितहरूलाई एक छाक खाना खुवाएका छन् ।  

गत भदौ १४ गते दिवङ्गत भएकी आमा इन्द्रमायालाई श्रदाञ्जली अर्पण गर्दै पुनस्र्थापना केन्द्रमा आश्रित २८ जना बालबालिका तथा वृद्ध असहायहरूलाई खाना खुवाएको सुरेशले बताए । उनले आफ्नी आमाको नाममा आफैले खाना खुवाउन पाउँदा अत्यधिक खुसी लागेको र भविष्यमा  पनि आफ्नो बलबुताले भ्याएसम्म सहयोग गरिरहने बताए । 

यस्तै स्वच्छ मन भएका दाताहरूको सहयोगले पुनस्र्थापना केन्द्र चलिरहेको केन्द्रका सञ्चालक भीम राईले बताए । कसैले सानो सहयोग गरे पनि यहाँ आश्रित बालबालिका तथा वृद्ध, अशक्तहरूका लागि ठूलो सहयोग हुने अध्यक्ष राईले बताए ।