सुनसरी । सुनसरीको कोसी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाइ कटाइ तालिम आयोजना गरिएको छ ।
अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत ६० दिने सिलाइ कटाइ तालिम सम्पन्न गरिएको कोसी गाउँपालिकाको कार्यालयले जनाएको छ । शारीरिक रूपमा अशक्त भई बेरोजगार भएर बसेका महिलाहरूलाई लक्षित गरी सिलाइ कटाइ तालिम आयोजना गरिएको कोसी गाउँपालिका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।
तालिममा सहभागी भएका अपाङ्गता भएका व्यक्ति वा त्यस्ता परिवारको सदस्यहरूलाई लाभग्राहीको ५० प्रतिशत लागतमा १३ जनालाई सिलाइ मेसिनसमेत वितरण गरिएको थियो ।