उर्लाबारी । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २० औ“ साधारणसभा सम्पन्न भएको छ ।
सभामा पूर्वज्योति साप्ताहिकका सम्पादक जगन्नाथ भट्टराईलाई नगद १० हजार पुरस्कारसहित सम्मानित गरिएको छ । यस्तै संस्थाका प्राविधिक सहयोगी कर्मचारी रामप्रसाद फुयाललाई पनि नगद १० हजारसहित पुरस्कृत गरिएको थियो ।
साधारणसभामा सचिव मेघराज श्रीपालीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र आ.व. २०७९/८० को प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष तेजकुमारी खतिवडाले आर्थिक प्रतिवेदन र अनुमानित बजेट प्रस्तुत गरे । त्यस्तै लेखा समिति संयोजक डिबी थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाका अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेलले कार्यपालिकाले खानेपानी ऐन निर्माण गरी खानेपानी निर्देशक समिति गठन गरी नगरका सबै वडामा खानेपानी पु¥याउने अभियानमा लागेको बताए ।