पाँचथर । चाडपर्व नजिकिदै जानथालेपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले बजार अनुगमनलाई तिब्रता दिएको छ । मुल्य वृद्धि, पेय र खाद्य बस्तुको गुणस्तरको बिषयमा कार्यालयले जिल्लाको ग्रामिण क्षेत्रका बजारमा अनुगमनलाई तिब्रता दिएको हो । बिहिवार जिल्लाको कुम्मायक गाउँपालिका केन्द्रको यासोक बजार अनुगमन तथा निरिक्षण गरेको छ । उद्योग बाणिज्य संघ शाखा यासोकको समन्वयमा घरेलु उद्योग विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयले सयुक्त बजार अनुगमन गरेका हुन ।

बजार अनुगमनको क्रममा म्याद सकिएका खाद्य तथा पेय पर्दाथ बिक्री बितरण नगर्न सुझाव दिएको छ । त्यस्तै नाप तौल र मुल्य सुची कायम गरी व्यवसाय संचालन निर्देशन समेत दिएको घरेलु उद्योग विकास अधिकृत लक्ष्मी सुहाङले बताए । वर्षेनी चाडपर्वको समयमा उपभोक्ता ठगिने गरेको भन्दै पेय र खाद्य बस्तुको गुणस्तर मापनको बिषयमा अनुगमन गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय पाँचथर शाखा अधिकृत राहुल सिंह, नायव सुब्बा सुरेश अधिकारी, उद्योग बाणिज्य संघ शाखा यासोक अध्यक्ष गोपाल प्रसाद पोख्रेल, पत्रकार, गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।