पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिका—१ को मिर्मिरे लघुवित्तले गाउँपालिकालाई डस्विन प्रदान गरेको छ । सस्थाको १२ औं वार्षिक उत्सवको अवसरमा फोहोर संकलन गर्ने डस्विन प्रदान गरेको मिर्मिरे लघुवित्त वित्तीय सस्था यासोकका प्रमुख प्रकाश गतौलाले बताए । संस्थामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीलाई ८ थान डस्विन प्रदान गरेकोे हो ।
साथै सोही अवसरमा संस्थाले कुम्मायक धार्मिक स्थलको सरसफाई समेत गरेको छ । संस्थाका कर्मचारी, समुह, संघ सस्थाका प्रतिनिधि उद्योगी व्यवसायीहरुको उपस्थीतिमा मन्दिर सम्मको सडक र मन्दिर परिषर सरसफाइ गरेको हो । संस्थाले वर्षेनी आफ्नो वार्षिक उत्सवको अवसरमा बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।