विराटनगर । मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय भइ विराटनगर १ मा संचालनमा रहेको जिवन विकास डेरि प्रोडक्ट्स उद्योगले उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्दै चरम लापरवाही गरेको पाएको छ । उक्त उद्योगबाट उत्पादन भइ बजारमा जाने दूधजन्य पद्धार्थमा चरम लपारवाही गरेको पाइएको हो ।
विराटनगर महानगरपालिकाले गरेको अनुगमनको क्रममा दूध उत्पान हुने ठाउँमा झिगा र दुर्घन्द फैलिएको ठाउँमा दूधजन्य बस्तु उत्पादन गरी बजार पढाउने गरेको पाइएको छ । उद्योग भित्र ‘मिल्क रिसिभिङ सेसन (milk receiving section) मा फोहोरले दुर्घन्द फैलिनुको साथै झिगाहरू भन्किरहेको विराटनगर महानगरपालिको आर्थिक विकास महाशाखा प्रमुख दिपक पौडेलले बताए ।
‘जिवन विकासको डेरी उद्योगमा अनुगमनको क्रममा चरम लापरवाही पाइयो,’ उनले भने, ‘दूध उत्पादन हुने उद्योगमा कुनै पनि सावधानी नअपनाइकन काम गरेको भेटिएको छ । काम गर्ने श्रमिकले प्लास्टिकको भाडोमा हातले दूध घोल्दै गरेको झिङ्गाहरु उडिरहेको थियो । दुर्घन्द फैलिएको कारणले भित्र जानसक्ने अवस्था पनि थिएन् ।’ दूध उद्योगसँगै रहेको पानी उद्योग पनि रहेको थियो ।
पानी उद्योग फिलिङ रुमको ढोका खुल्ला रहेको र जार भर्ने कक्ष समेत नभएको पाइएको उनले बताए । पानीको उत्पादन मिती र म्याद सकिने मिति पनि उल्लेख नभएको पाइएको उनले बताए ।
यसअघि पनि अनुगमनको क्रममा जीवन विकास डेरी उद्योगलाई सुधारको लागि महानगरपालिकाले निर्देशन दिएको थियो । ‘महानगरपालिकाले अनुगमनको क्रममा दिएको निर्देशन पालना नगरेपछि बुधबार गरिएको अनुमगनको क्रममा चरम लापरवाही गरेपछि कारवाहीको प्रक्रिया अगाडी बढाएको छौं,’ उनले भने ।
पानीको जार फिलिङ गर्ने ठाउँमा लिकेज पनि भएको अनुगमनको क्रममा भेटिएको उनले बताए । लेबलिङ नगरिएको पानी हरु नस्ट गरिनुका साथै दुध घोल्दै गरेको प्लास्टिकका भाडाहरु जफत गरि उक्त उद्योग माथी कार्बाहीको प्रक्रिया अगाडी बढाएको आर्थिक विकास महाशाखा प्रमुख पौडेलले बताए ।
चाडपर्व नजिकिएसँगै महानगरपालिकाले विराटनगरमा अनुगमन तिव्र बनाएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनको क्रममा खसी भन्दै बाख्राको मासु बिक्री वितरण गर्ने गरेको पसल भेटिएको थियो । विराटनगरस्थित पुरानो गुद्रीमा सञ्चालित सदाम मिट सेन्टर, अजय माछा मासु पसल, रोयल खान फ्रेस हाउस, समा फ्रेस हाउस, खान फ्रेस हाउसलगायत आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिए । ‘उपभोक्तालाई झुक्याएर बाख्राको मासु पनि बिक्री गर्ने गरेको पाइयो,’ पौडेलले भने, ‘हामीले बाख्रा र सडेगलेको कुखुराको मासु पनि जफथ गरेका छौं ।’ त्यस्तै सदाम मिट सेन्टरबाट कम तौल भएको ढक पनि अनुगमन टोलीले जफथ गरेको छ ।
कतिपय पसलले नविकरणसमेत नगरेको पाइएकाले तत्कालै नविकरण गर्न निर्देशन दिइएको पौडेलले बताए । अनुगमनमा महानगरको पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादव, बजार निरीक्षक हरिप्रसाद गुरागाईं, नगर प्रहरीका निरीक्षक राजन पौडेल, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, महानगरका खाद्य प्राविधिक धीरज राईलगायत सहभागिता रहेको थियो ।
विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । केही हप्तादेखि खाद्यन्न, औषधि, कपडा, फलफूललगायतका पसलमा अनुगमन गरेको महानगरले मंगलबार माछा–मासु पसलको अनुगमन गरेको छ ।