युनिक धरान स्नुकर च्याम्पियनको उपाधि धरान २, चिमल स्नुकरका वालकुमार लिम्बूले चुमेका छन ।

उनले बेस्ट स्नुकर हाउस धरान १९ का गणेश गुरुङ्गलाई पराजित गर्दैै उपाधि माथि कव्जा जमाएका हुन । बेस्ट अफ इलेभेन खेलाइएको फाइनल खेल अत्यन्त्य प्रतिश्पर्धात्मक भएको थियो । दुबेले बराबर ५–५ खेल जिते पछि अन्तिम वेस्ट अफ इलेभेन खेलमा गुरुङ्गलाई पराजित गर्दै लिम्बू विजयी भएका हुन । विहान ११ वजे देखि सुरु भएको खेल साझ ७ बजे मात्र सकिएको थियो ।

बिजेता लिम्बूले नगद तिस हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद २० हजार, ट्रफि र मेडल हात पारे । व्यक्तिगत उपाधि तर्फ धरान १२ का दोर्जे पार्खिन हाइएस्ट व्रेकर घोषित भए । उनले ३८ अंक जोडेर हाइएस्ट वे्रकर उपाधि जित्न सफल भएका हुन ।

उनले उपाधि संगै नगद दश हजार रुपैया र ट्रफि प्राप्त गरे । विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान ५ न. वडाका पुर्व वडाध्यक्ष सन्तोष लिम्बू र कार्यक्रमका सभाध्यक्ष तथा आयोजक युनिक पुलहाउस तथा खाजा घरका संचालक चन्द्र लिम्बूले पुरस्कार वितरण गरेका थिए ।

धरान ५ देउरालि स्थित युनिक पुल हाउस तथा खाजा घरको आयोजनामा भदौ २३ गते देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा धरान भरिका ५२ जना खेलाडिहरुले सहभागिता जनाएका थिए ।