बेलबारी । मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा ट्रक भित्र शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गमा ५ दिनदेखि रोकी राखेको ना.३ ख ४७४३ नम्बरको ट्रकमा अन्दाजी ४०र४५ वर्षको एक पुरुषको शव फेला परेको हो ।

 मृतक मकवानपुर जिल्ला मनोहरी गाउँपालिका बस्ने राजु घलान् रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले बताए ।

रोकिराखेको ट्रक ३ दिन सम्मपनि नलगेपछि स्थानीयले सोधिखोजी गर्दा इन्धन सकिएर राखेको बताउने गरेको स्थानीयले बताए । मृतककै गाडी र आफै चालक रहेको प्रहरीले बताएको छ । सोमबार बेलुका सम्म स्थानीयले यता उता हिड्ने गरेको देखेको र मङ्गलबार बिहान ९ बजे तिर क्याबिनमा स्थानीयले   हेर्दा मृत अवस्थामा फेला परेको थिए ।

   घटनाको विषयमा थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।