प्रथम वाईवाई मिस धरान आईकन-२०२२को उपाधी आस्माया राईले जीतेकी छन् ।

ब्ल्याक पिग इन्टरटेन्मेन्टले शुक्रबार आयोजना गरेको यो सौन्दर्य प्रतियोगीतामा प्रमुख निणर्ायक शिवराज श्रेष्ठले सोधेको प्रश्न ‘तपाईं यो धर्तीमा किन जन्मिनु भयो जस्तो लाग्छ ?’ को उत्कृष्ट जवाफ दिएकी आस्मायाले उपाधीसँगै नगद ५० हजार र ताज जीतिन् । 

त्यस्तै प्रजना राई फस्टरनरअप बनेर नगद ३० हजार सहित ताज जीतिन् । भने स्वेता पोखरेलले सेकेन्डरनर अप बनेर नगद २०हजार सहित ताज जीतिन् । त्यस्तै निवा लिम्बुले मिस पर्सनालिटी, स्वेता पोखरेलले मिस वेष्टवाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठले मिस फोटोजेनिक, सेलि श्रेष्ठले मिस मल्टिमिडिया, रोजनी लिम्बुले भ्युवर्स च्वाईस, जेनिस्ना श्रेष्ठले मिस डिसिप्लिन, विपिका लिम्बुले मिस कल्चरल ड्रेस र सृष्टि लामाले मिस चार्मिङ सव टाईटल जीते । 

कोरियोग्राफर प्रजिता तामाङको कोरियोग्राफीमा मञ्चमा उत्रिएका १८ प्रतिष्पर्धीलाई मुख्य निणर्ायक श्रेष्ठ सहित निणर्ायकहरु अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिका मोते, मिस पूर्वाञ्चल २०१७ की फस्टरनरअप सिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिंकका सञ्चालक पवन अधिकारी र रंगकर्मी नविन मेन्याङ्वोले उत्कृष्ट १८ बाट उत्कृष्ट १२, उत्कृष्ट ५ हुँदै विजेता छनोट गरेका थिए । सहारा इन्टरटेन्मेन्टको व्यवस्थापनमा सदनसभा हलमा भएको कार्यक्रममा गायिका सरला श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए ।