बिर्तामोड । चेक बाउन्स प्रकरणमा झापाबाट पूर्व फुटबलर पक्राउ परेका छन् । प्रहरीको फरार सूचीमा रहेका झापा सुरुङ्गाका दिलकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 

बिहीबार बिहान ७ बजे सुरुङ्गा बजारबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुुर जिम्बाको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

कार्की पूर्व राष्ट्रिय फुुटबल खेलाडीसमेत हुन् । फुटबलका गतिविधिमै सक्रिय रहेका कार्र्कीले आफ्नै खर्चमा खेलाडीलाई तालिम, खेल सामग्री खरिद र खेल खेल्न प्रायोजनसमेत गर्दै आएका थिए । उनलाई बैङ्कमा रकम नभएको चेक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

अदालतले कार्कीलाई चेक बाउन्सको मुुद्दामा एक वर्ष कैद र एक हजार जरिबानाको सजाय सुनाएको छ भने बिगो १० लाख रुपैयाँ रहेको छ । सोही स्थानका मीनकुुमार प्रधानले कार्कीविरुद्ध चेक बाउन्सको मुद्दा दर्ता गरेका थिए ।